प्रधानमन्त्री निवासमै बन्यो अत्याधुनिक हेलिप्याड, अब एअरपोर्ट जान -आउन हेलिकप्टर प्रयोग गरिने
काठमाडौं , कार्तिक २७ । प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण गरिएको छ ।
नागरिक उड्डयन प्राधिकरणको मापदण्डअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण कार्य सम्पन्न भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
त्यस्तै बुधवार प्रधानमन्त्री केपी शर्मा ओली संखुवासभा जाने क्रममा नवनिर्मित हेलिप्याडको पहिलोपटक उद्घाटन गरिएको सल्लाहकार थापाले बताए । त्यस्तै साँझ पनि प्रधानमन्त्री ओली हेलिप्याडमा नै अवतरण गरेका थिए ।
अब प्रधानमन्त्री बाहिरी जिल्ला जाँदा बालुवाटारबाटै नै उड्नेछन् । भने बालुवाटारमा नै अवतरण गर्न सक्नेछन् । त्यस्तै बाहिरी जिल्ला जाँदा प्रधानमन्त्री ओली एअरपोर्टसम्म जानु नपर्ने भएकाले समय बचत हुनुका साथै ट्राफिक जामबाट सर्वसाधारणले सास्ती खेप्नु नपर्ने थापाले बताए ।











प्रतिक्रिया दिनुहोस्