हिउँदेबालीलाई मल अभाव हुँदैन, ठेकदारले ल्याउन नसके पनि , अब सरकारले ल्याउछ : कृषिमन्त्री भुसाल
काठमाडौं , कार्तिक २७ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले हिउँदेबालीलाई मल अभाव नहुने बताएका छन् । उनले हिउँदे बाली गहुँ, तोरी र तरकारीका लागि मलको अभाव नहुने बताएका हुन् । ठेकदारले मल ल्याउन नसके पनि अब सरकारले किनेर ल्याउने उनले जानकारि दिए ।
हिउँदे सिजनका लागि ९० हजार मेट्रिकटन युरिया मल जोहो हुने मन्त्री भुसालको दाबी छ । छिट्टै नै ४५ हजार मेट्रिकटन डीएपी र ९० हजार मेट्रिकटन युरिया मल उपलब्ध हुने चरणमा रहेको उनले बताए ।
हामीले बंगादेशसँग पैंचोमा मागेको ५० हजार मेट्रिक टन मल ल्याउन केही प्राविधिक उल्झनहरु देखिए पनि अब मल आउने निधो भएको छ । सरकारले खरिद गरेरै बंगलादेशबाट मल ल्याउने निर्णय गरेको छ । अब छिट्टै मल ल्याउने प्रक्रिया सुरु हुन्छ उनले भने ।
संक्षिप्त कुराकानी गर्दै मन्त्री भुसालले बंगलादेशबाट पैंचोमा मल ल्याउन केही प्राविधिक समस्या देखिए पनि गहुँका लागि मल आइपुग्ने बताए ।सरकारले किनेको ४० हजार मेट्रिकटन युरिया मल अहिले पनि नेपाल भित्रिरहेको छ ।











प्रतिक्रिया दिनुहोस्