प्रधानमन्त्री ओलीले गरे किमाथांका नाका र बिओपीको अनुगमन

काठमाडौं, कार्तिक २६ । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार संखुवासभा आएका छन् ।

प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकोप्टरबाट संखुवासभा आई चीनसँग सिमाना जोडिएको किमाथांका नाका, त्रिदेशीय (भारत, नेपाल र चीन) लिंकको रूपमा रहेको उत्तर–दक्षिण कोसी सडक आयोजनाको कोसी कोरिडोर र सीमा सुरक्षा पोस्ट (बिओपी)को अनुगमन गरेका हुन् ।

प्रधानमन्त्री ओलीले किमाथांकामा करिब दुई घन्टा बिताएका थिए ।त्यसपछि प्रधानमन्त्री ओली सोही हेलिकोप्टरबाट नौ सय वाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको बाँधस्थल फ्याक्सिन्दा पुगे ।

फ्यासिक्दामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने र अरुण तेस्रो प्रगतिबारे जानकारी लिने कार्यक्रम रहेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए ।

प्रधानमन्त्रीले चीनसँग नाका जोडिएको भोटखोला गाउँपालिका– १ मा पर्ने किमाथांका नाकाको अवलोकन, करिब एक वर्षअगाडि स्थापना भएको सीमा सुरक्षा पोस्ट ९बिओपी०को निर्माणधीन भवनका साथै भन्सार कार्यालय र सुक्खा बन्दरगाहलगायतको अवलोकन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्