काठमाडौंमा भूकम्पको धक्का, धादिङ केन्द्रबिन्दु

काठमाडौं, कार्तिक २५ । धादिङ केन्द्रबिन्दु भएर मंगलबार भूकम्पको धक्का गएको छ । दिउँसो ४ बजेर २९ मिनेट जाँदा ३.८ रिक्टरस्केलको भूकम्पको धक्का गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार धादिङको छत्रे देउराली आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको हो ।

भूकम्पको धक्का धादिङ र नुवाकोटका साथै काठमाडौंमा समेत महसुस भएको थियो ।

प्रतिक्रिया दिनुहोस्