काठमाडौं उपत्यकामा थपिए १४ सय २० जना संक्रमित

काठमाडौं, कार्तिक २५ । पछिल्लो २४ घण्टाका काठमाडौं उपत्यकामा १४ सय २० जना कोरोना संक्रमित भेटिएका छन्।जसमध्ये ६ सय तीन जना महिला र आठ सय १७ जना पुरूष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले बताएको छ।

मन्त्रालयको अनुसार, काठमाडौंमा होम आइसोलेशनमा बस्ने ११ हजार ३९३ जना कोरोना संक्रमित छन भने भक्तपुरमा १८ सय १४ जना रहेका छन्, त्यसैगरी, ललितपुरमा १८ सय ३१ जना कोरोना संक्रमित होम आइसोलेशनमा छन्।

आज सबैभन्दा धेरै बागमती प्रदेशा १७८८ जना कोरोना संक्रमित भेटिएका छन्। त्यसमध्ये काठमाडौं उपत्यकाको तीन जिल्लामा मात्रै १४ सय २० जना संक्रमित भेटिएका छन्।

प्रतिक्रिया दिनुहोस्