अब कुबेतबाट पनि ई–सेवामार्फत् पैसा पठाउन मिल्ने

काठमाडौं , कार्तिक २५ । अब कुबेतबाट पनि ई–सेवामार्फत् पैसा पठाउन मिल्ने भएको छ । ई–सेवा मनि ट्रान्स्फर र कुबेतको रेमिट्यान्स कम्पनी यूएई एक्स्चेन्जबीच रेमिट्यान्स सेवा सुरू भएको छ । यो सेवा सुरू भएसँगै कुबेतमा रहेका नेपालीले यूएई एक्स्चेन्जका २३ वटा शाखाबाट नगदमा तथा कुनै पनि बैंक खातामा र ई–सेवा वालेटमा पैसा पठाउन सक्ने भएका छन् ।

रेमिट्यान्स् सम्बन्धी सम्झौता पत्रमा ई–सेवा मनि ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक अजेश कोइराला र यूएई एक्स्चेन्जका तर्फबाट कार्यकारी प्रमुख कृष्ण कुमार यछारथले हस्ताक्षर गरे ।
नगदमा पठाइएको रकम नेपालभर रहेका ८ हजारभन्दा धेरै ई–सेवा मनि ट्रान्सफरका एजेन्ट तथा ई–सेवा वालेट एपमार्पmत् पनि प्राप्त गर्न सकिन्छ ।

साथै ई–सेवा वालेटमा पैसा पठाउँदा ७५० फिल्स मात्र सेवा शूल्क लाग्ने बताइएको छ । त्यसै गरी बैंक खातामा पठाएइको रकम तत्कालै तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ । यूएई एक्स्चेन्जले छिट्टै नै ई–सेवा मनि ट्रान्सफरको सेवा आफ्नो अनलाइन मोबाइल एपमार्पmत पनि सुरु गर्ने जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्