सिटिजन लाइफद्वारा क्षमता विकास तालिम आयोजना

काठमाडौं , कार्तिक २५ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना कर्मचारीलगायत अभिकर्ताहरुका लागि भर्चुअल माध्यमबाट ‘करियर विकास र एमडीआरटी’ तालिम आयोजना गरेको छ ।

सिटिजन लिडरको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने तथा ग्राहकमाझ सेवालाई स्तरीय बनाउन कम्पनीले सो कार्यक्रमको आयोजना गरेको जनाएको छ ।
कार्यक्रमको सुरुवातमाकम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले यस तालिमको आवश्यकता, एजेन्सी क्यारियर तथा सोका फाइदा आदिका बारेमा प्रकाश पारेका थिए। यसका साथै उनले यस तालिमबाट पुरा लाभलिन सिटिजन लिडरहरुलाइ प्रेरित गरेका थिए।

उक्त कार्यक्रमका मुख्य तथा अन्तर्राष्ट्रिय प्रशिक्षक विजयकुमार झाले अभिकर्ताहरुहरूले सामना गरिरहेका चुनौतीहरू, तिनका समाधान, नयाँ अन्तर्दृष्टि र कोभिड महामारीको स्थितिमा व्यवसाय गर्ने तरिकाहरूका साथै एमडीआरटी लक्ष्य सजिलै हासिल गर्ने तरिका, योजनाको नेतृत्व, लिडर र म्यानेजरमा हुन पर्ने गुणहरुकाबारे बताएका थिए।

व्यक्तिगत तथा व्यवसायिक रुपमा लाभमय क्रियाकलापको कारण लिडरहरुको अत्यन्तै राम्रो संलग्नता रहेको थियो। तीन घण्टाको कार्यक्रम अत्यधिक ज्ञानवद्र्धक, मनोरञ्जनात्मक तथा प्रभावकारी रहेको कम्पनीले जनाएको छ।

समापनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख बजार व्यवस्थापन अधिकृत भूषण रिमालले यो पेशालाई सम्मानित बनाउने र पुरस्कृत गर्ने कार्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सदैव अग्रसर रहने बताए।

कार्यक्रममा ४ सयभन्दा बढी सक्रिय सिटिजन लिडरको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्