भारतीय विदेश सचिव नेपाल आउँदै, सिमा विवादबारे होला त कुराकानी ?

काठमाण्डौ , कार्तिक २५ । सीमा विवादका कारण नेपाल र भारतबीच विगत लामो समयदेखि सम्बन्ध चिसिएको छ । नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापनी समेटेर नयाँ नक्सा जारी गरेपछि भारत चिढिएको छ ।

यस्तै, भारतले आफ्नो धार्चुला क्षेत्रको पिथौरागढ हुँदै नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडक मार्ग खोले छ । सडक खनेको मार्ग आफ्नै भएको भारतले दाबी गर्दै आएको छ । तर यो भूमि नेपालकै भएको इतिहासविद्ले बताउने गरेका छन् ।

सीमा विवाद बढ्दै गए पनि दुई देशबीच औपचारिक संवाद हुन सकेको छैन । यसैबीच यता भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला नेपाल आउने आउने भएका छन् । भ्रमणको मिति तय भइनसके पनि मङ्सिरमा उनी नेपाल आउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुई देशबीच भइरहेको विवाद समाधान गर्दै सम्बन्ध सुधारका लागि उनले छलफल थाल्ने जनाइएको छ । दुई दिने नेपाल भ्रमणका क्रममा दुई देशबीच सिमा विवादबारे औपचारिक रुपमा कुराकानी हुने खबरमा उल्लेख गरिएको छ ।

नेपाल भ्रमणको मिति तोकिएपछि सार्वजनिक गर्ने मन्त्रालयको तयारी छ । भारतको द हिन्दूस्तान टाइम्सु ले भने श्रृंगला नोभेम्भर २६ र २७ तारिख अर्थात् मङ्सिर १० र ११ गते काठमाण्डौ जाने जनाएको छ ।

नरवणेले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । भारतीय सेना प्रमुख मनोज मुकुन्द जनरल नरवणेको तीन दिने नेपाल भ्रमणपछि विदेश सचिव श्रृंगलाको नेपाल भ्रमण हुन लागेको हो ।

नरवणेको नेपाल भ्रमणलाई द हिन्दूस्तान टाइम्सु ले महत्त्वपूर्ण भ्रमणको संज्ञा पनि दिएको छ ।स्थल सेनाध्यक्ष नरवणे नेपाल आउनु केही दिनअघि मात्रै भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल नेपाल आएका थिए ।

प्रतिक्रिया दिनुहोस्