कोरोना खोप आउने खबरसँगै सरकारले सच्यायो उपचार शुल्क , गर्यो यस्तो निर्णय
काठमाडौं, कार्तिक २५ । कोरोना खोप आउने खबरसँगै सरकारले कोरोना उपचारमा शुल्क लिने निर्णय सच्याएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले सरकारी अस्पतालमा कोरोना उपचार र परीक्षणको शुल्क नलिने निर्णय गरेको हो।
यस अघि सरकारले उपचार गर्न नसक्नेहरुको मात्र निस्शुल्क उपचार गर्ने निर्णय गरेको थियो। उक्त निर्णयको चौतर्फी विरोध भएको थियो। सर्वोच्च अदालतले पनि कोरोनाको उपचार र परीक्षण निस्शुल्क गर्न सरकारका नाममा आदेश गरेको थियो। सरकार उक्त आदेशविरुद्ध पुनरावलोकनमा गए पनि अदालतले खारेज गरेको थियो।
यो निर्णय सँगै सरकारी ल्याबमा कोरोना परीक्षण निस्शुल्क हुनेछ भने सरकारी अस्पतालमा उपचारको शुल्क तिर्नुपर्ने छैन।यस्तै मन्त्रीहरुको ५० प्रतिशत तलब कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको एक मन्त्रीले बताए।
बैठकले कोभिड-१९ को खोप आयात गर्न अर्थ, स्वास्थ्य र परराष्ट्र मन्त्रालयका प्रतिनिधि रहेको एक समिति गठन गरेर प्रक्रिया थाल्ने निर्णय पनि गरेको छ। यसैबीच कोभिड–१९ को खोप चाँडै बजारमा आउने भएको छ ।
खोप विकासकर्ता कम्पनीहरू फाइजर र बायोएन्टेकले खोप ९० प्रतिशत प्रभावकारी रहेकोर यो विज्ञान र मानवताका लागि ठूलो उपलब्धी भनेका छन् ।अन्तर्राट्रिय सञ्चारमाध्यमका अनुसार खोपका बारेमा सुखद खबर बाहिरिएसँगै सबैमा खुशि छाएको छ भने केहि आशापनि जागेको छ ।खोप ९० प्रतिशत प्रभावकारी भएको खबर सोमबार साँझ बाहिरिएको हो ।











प्रतिक्रिया दिनुहोस्