कामना सेवा विकास बैंकको नाफा १० गुणाले बढ्यो, अधिकांश सूचक पनि उत्साहजनक

काठमाडौं,२५ कार्तिक । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७७/०७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले २० करोड १ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । यो नाफा गत वर्षको भन्दा ९७२।९५५ ले धेरै रहेको बैंकले जनाएको छ । गत वर्ष भने बैंकले १ करोड ८६ लाख ५१ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

यस्तै बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकका दुई महत्वपूर्ण सूचक ब्याज आम्दानी र सञ्चालन नाफा पनि बढेको छ । बैंकको ब्याज आम्दानी २५ करोड १५ लाख ८७ हजार रुपैयाँबाट बढेर ३८ करोड १५ लाख ७० हजार रुपैयाँ पुगेको भने सञ्चालन नाफा पनि २ करोड ६२ लाख ५१ हजार रुपैयाँबाट बढेर ८ करोड ४९ लाख १६ हजार रुपैयाँ पुगेको छ । २ अर्ब ५४ करोड १ लाख ९५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ५१ पैसा र प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ६२ पैसा छ ।

यो अवधिसम्म आउँदा बैंकले जगेडा कोषमा ५० करोड ३० लाख ४० हजार रुपैयाँ जम्मा गरेको छ । यस्तै ३६ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यता बैंकको खुद नाफामा बढ्नुको मुख्य कारण भने गैर सञ्चालन आम्दानी रहेको बताइएको छ । गत वर्ष ३ लाख ९२ हजार रुपैयाँ मात्र रहेको गैर सञ्चालन आम्दानी यस वर्ष २० करोड ९ लाख ६३ जार रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्