एकै दिन ३४०० रुपैयाँले घट्यो सुन, चाँदीमा ७०

काठमाडौं, २५ कार्तिक । विश्व बजारमा लगातार बढेको सुनचाँदीको मूल्यमा गिरावट आएको छ । हरेक दिन बढ्दै गएको सुन तथा चाँदीको मुल्यमा कार्तिक २५ गते, मंगलबार प्रतितोला तीन हजार ४०० रुपैयाँले ओरालो लागेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । केहि समययता सुनको मूल्यले उचाइं पाइरहेको थियो । यद्यपी मंगलबार भने सुन घटेको तोलामा ३४०० सय घटेको हो ।सोमबार सुनको मूल्य साताकै उच्च रही प्रतितोला ९८ हजार २०० रुपैयाँ तोकिएको थियो ।

यसैगरी चाँदीको भाउ पनि मंगलबार तोलामा ७० रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला एक हजार २१५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो दिन सोमबार चाँदी प्रतितोला एक हजार २८५ रुपैयाँमा किनबेच भएको थियो । विश्वव्यापीरुमा फैलीएको कोभिड १९ र शक्ति शाली मुलुक संयुक्त राज्य अमेरीकामा नयाँ राष्ट्रपतिको जो बाइडेन निर्वाचित भएकाले सुन चाँदीको मुल्यमा गिरावट आएको हो ।

प्रतिक्रिया दिनुहोस्