जन्मोत्सवमा अनाथ बालबालिकाहरुलाई स्टेशनरी सामाग्री वितरण

काठमाडौं, २४ कार्तिक । एलायन्स क्लब अफ काठमाडौंले संभव नेपालका अनाथ बालबालिकाहरुलाई स्टेशनरी सामग्री वितरण गर्नुका साथै खाना खुवाएको छ ।

सोमबार एक कार्यक्रमकाबीच एलायन्स प्रीतिमा शर्माको जन्मोत्सवको अवसरमा तारकेश्वर–७ फुटङ्ग, काठमाडौंका संभव नेपाल नामक सामाजिक संस्थाका करिब १५ जना आनाथ बालबालिकाहरुलाई संस्थाका अध्यक्ष कपिल देवकोटालाई स्टेशनरी सामग्री हस्तान्तरण गरिएको हो । सो कार्यक्रममा बालबालिकाहरुलाई खाना समेत खुवाईएको थियो ।

विगतका दिनहरुमा पनि विभिन्न सहयोगका कार्यक्रम गर्दै आएको एलायन्सले सामाजिक क्षेत्रमा ठूलो योगदान गरेको छ । सेवा नै धर्म हो भन्ने उदेश्यलाई सिर्याेधार्य गर्दै आएको क्लबले नेपालमा आफ्नो कार्यक्रमहरु अगाडी बढाउँदै आएको छ ।

सो कार्यक्रममा एलायन्सका थर्ड भाइस डिष्ट्रिक गर्भनर धना आचार्यले कार्यक्रमको समन्वय गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्