तिहार–छठको सुरक्षाका लागि प्रहरीले ल्यायो ‘विशेष सुरक्षा योजना’ , ४८ हजारभन्दा बढी प्रहरी परिचालन गरिने

काठमाडौं, कार्तिक २४ । हिन्दुहरुको महानपर्व दशैंलाई हामीले बिदाइ गरिसकेकाछौ भने अब तिहारको प्रतिक्षामा छौं । कोरोनाले यस वर्ष दशैं त्यति राम्र्रोसँग मनाउन भने पाएन ,तिहारमा पनि यस्तो अवस्था सिर्जना हुने छ । यता तिहार–छठलाई लक्षित गरी नेपाल प्रहरीले ‘विशेष सुरक्षा योजना’ ल्याएको छ।

विशेष सुरक्षा योजनाअन्तर्गत प्रहरीले ४८ हजार ८ सय ४४ जना प्रहरी परिचालन गरी शान्ति सुव्यवस्था कायम गर्ने बताइएको छ।तिहारमा पटका पड्काउँदा र बत्तिहरूको कारण आगलागिका घटनाहरू बढी हुने र आपराधिक क्रियाकलाप बढ्न सक्नेभन्दै प्रहरीले विशेष सुरक्षा योजना ल्याएको हो।

तिहारको बेला अपराधिक घटना हुन नदिन र शान्ति सुरक्षाका कायम राख्नका लागि विशेष योजना ल्याएको नेपाल प्रहरीका प्रवक्ता तथा एसएसपी कुवेर कडायतले बताए।उनले पटका पड्काए कारबाही गर्नेसमेत जानकारी दिएका छन्।देशका विभिन्न नाकामा चेकजाँच कडाई गरिएकोभन्दै उनले चेक प्वाइन्ट थप्ने कामसमेत भइरहेको जानकारि दिए ।

साथै नागरिक सहायता कक्ष, अनुगमन समिति तथा सादा पोसाकमा प्रहरी परिचालन गरि कालो बजारी नियन्त्रण र गुणस्तरहीन सामग्रीको बिक्री वितरण हेर्ने उनले बताए ।प्रहरीले काठमाडौं उपत्यकाको सुरक्षाका लागिभन्दै सीमा नाकामा कडाई गर्नुका साथै तालिम प्राप्त कुकुर, ड्रोन र स्पीड गनको प्रयोग गर्ने भएको छ।

कुकुर, ड्रोनको प्रयोग काठमाडौं उपत्यकामा बढी हुने प्रहरीले बताएको छ। उपत्यकाको जनसंख्या बढी भई घटना घट्न सक्नेभन्दै प्रहरीले उपत्यकालाई प्राथमिकता दिएको हो।त्यस्तै जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि तिहार–छठका लागि भन्दै सुरक्षा योजना कार्यक्रम जारी गर्ने भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले तिहार तथा छठमा हुनसक्ने आपराधिक क्रियाकलाप तथा आगलागीजस्ता समस्याबाट बच्न सुरक्षा योजना ल्याउन लागेको बताएका छन्।

सुरक्षा योजनामा बजार अनुगमन, शान्ति सुरक्षा र सामाजिक दुरीलगायतका कुरा समेटिएको दाहालले जानकारी दिए।यस्ता ठुला पर्वहरुमा अपराधिक घटना बढि हुने गर्दछन्। तिहारमा अजै हुने गरेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्