पार्टीभित्र अप्रजातान्त्रिक गतिविध बढ्यो : प्रकाशमान सिंह
काठमाडौं , कार्तिक २४। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसभित्र अप्रजातान्त्रिक गतिविधि बढेको बताएका छन् ।
गणेशमान सिंह फाउण्डेशनले काठमाडौंमा सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो बताएका हुन् । पार्टीभित्र देखा परेका अप्रजातान्त्रिक गतिविधि सुधार गर्नका लागि पनि तोकिएकै मितिमा महाधिवेसन गर्नुपर्ने उनले बताए ।
प्रजातान्त्रिक पार्टीभित्र अप्रजातान्त्रिक विधिबाट गठन भएका सबै विभागहरु खारेज हुनुपर्ने उनको भनाइ थियो ।चार वर्षमा हुनुपर्ने महाधिवेशन एक वर्ष समय थप हुँदा पनि हुन नसक्ने स्थिति आएको भन्दै उनले चिन्ता व्यक्त समेत गरे ।
नेपाली जनताले गणेशमान सिंह जस्तै चरित्रवान, स्वच्छ छवि भएका राजनीतिज्ञको चाहना गरेको उल्लेख गर्दै उनले अहिलेका नेताहरु पनि सच्चिनुपर्ने बताए ।
यता काँग्रेसको १४औँ महाधिवेशन निर्धारित मितिमा नहुने निश्चित भएको छ । आगामी फागुन ७–१० सम्म महाधिवेशन गर्ने काँग्रेसको निर्णय छ । कोरोना महामारीका कारण पार्टीको क्रियाशील सदस्यता वितरण र नवीकरणकै काम प्रभावित हुँदा महधिवेशन तालिका पनि प्रभावित हुन पुगेको हो । फागुनमा महाधिवेशन गर्न नसकिनेमा नेताहरु पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस्