‘नेपाल’मात्र लेख्ने निर्णय कार्यान्वयन नगर्न संसदीय समितिको निर्देशन

काठमाडौं, कात्तिक २४ । संघीय संसद, प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको सोमबार बसेको बैठकले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सट्टा ‘नेपाल’मात्र लेख्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको हो ।

मन्त्रिपरिषद् बैठकले देशको नाम लेख्दा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सट्टा नेपालमात्र लेख्ने निर्णय गरेको थियो ।तर, बैठकमा सहभागी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले देशको नाममा कुनै विशेषण जोड्न जरुरी नभएको बताएका थिए ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र नाम नभइ अवलम्बन गरेको राज्य प्रणाली भएकाले सरकारले नामबारेमात्र निर्णय गरेको जिकिर गरे ।मन्त्रीले स्पष्टीकरण दिइसकेपछि पनि समितिले सरकारलाई निर्देशन दिएको भन्दै समितिमा रहेका सत्तारुढ दल नेकपाका केही सांसदले भने फरक मत राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्