जो वाइडेनको विजयले नेपाली अमेरिकन खुशी, नेपाल र नेपालीलाई के फाईदा ?
काठमाडौं, कार्तिक २४ । कडा प्रतिस्पर्धा र लामो रस्साकस्सीपछि अमेरिकाको ४६औँ राष्ट्रपतिको रुपमा जो बाइडेन र उपराष्ट्रपतिको रुपमा कमला ह्यारिस विजयी भएका छन् ।बाइडेनले संसदमा २७० इलेक्टोरल कलेज भोट आवस्यक पर्नेमा २८४ भोट ल्याउँदै विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी डोनल्ड ट्रम्पले भने २१४ भोट मात्रै ल्याए । कोरना महामारीको नराम्ररी सामना गरिरहेको समयमा सम्पन्न चुनाव आफैमा एक ऐतिहासीक चुनाव पनि हो ।
यसैबीच अमेरिकाको राष्ट्रपतिमा डेमोक्र्याट पार्टीका जो वाइडेन विजयी भएसँगै आप्रवासीले खुशी मनाएका छन् । यसरी खुशी मनाउने आप्रवासीमा नेपाली अमेरिकन पनि रहेका छन् ।खासगरी अमेरिकामा रहेका नेपालीहरु स्वास्थ्य बीमा, बन्दुक नियन्त्रण, न्यूनतम वेतनमा वृद्धि जस्ता विषयमा डेमोक्र्याट पार्टीको धारणासँग ऐक्यबद्धता जनाउँदै आएका छन् ।
सन् २०२० को चुनावमा यी विषय ओझेलमा पार्नेगरी कोरोना भाइरस र यसको नियन्त्रणमा आवश्यक रणनीति बनाउने विषयले प्रमुखता पाएको यथार्थ छ ।आप्रवासी अभिभावकबाट जन्मिएकी उपराष्ट्रपति कमला ह्यारीसको आगमनले हाम्रा बालबालिकालाई पनि प्रेरणा दिएको मेरिल्याण्ड जनरल एसेम्वलीका डेलिगेट ह्यारी भण्डारी बताए । भण्डारी स्वयं मेरिल्याण्डको जनरल एसेम्वलीमा निर्वाचित हुने पहिलो नेपाली हुन् ।
डेमोक्र्याट पार्टीका सिनेटरहरुले हाउसमा उत्पन्न गरेका टेम्पोरेरी प्रोक्टेड स्टाटस ९टिपीएस० बाहकहरुलाई ग्राीनकार्ड हुँदै नागरिकका लागि सहजीकरण गर्ने विधयेक कार्यान्वयन हुने विश्वास गरिएको छ । यसबाट करिब १० हजार नेपालीहरु लाभान्वित हुनेछन् ।
अमेरिकामा राजनीतिक कर्ममा संलग्न रहेका हरि शर्माले वाइडेनको विजयले नेपाल अमेरिकाको सम्बन्धमा नयाँ उचाइ हासिल गर्नसक्ने विश्वास व्यक्त गरे । उनले अमेरिकामा विविधताको विशेषता यो निर्वाचनले पुनःस्थापित गरेको प्रतिक्रिया दिए ।
अमेरिकामा रहेका नेपाली नयाँ प्रशासनले लिने स्वास्थ्य बीमाको नीति र कोभिड– १९ को नियन्त्रणमा चाल्ने कदमबाट लाभ लिनसक्ने विश्वास छ ।अमेरिकामा व्यवसाय गर्दै आएका राधेश पण्डित वाइडेन र ह्यारिसको विजयले व्यवसायीमा उत्साह थपिएको प्रतिक्रियादिन्छन् ।अमेरिकामा रहेका नेपालीले खुद्रा व्यवसायमा राम्रो गर्दै आएका छन्, उनीहरु कोरोना भाइरसले ल्याएको सङ्कटलाई समाधान गर्न वाइडेन प्रशासन सफल हुनेमा विश्वस्त देखिन्छन् ।
अमेरिकाको ४६औँ राष्ट्रपति बनेका जो वाइडेनले आफ्नो अनौपचारिक रुपमा सोमबारदेखि कामको थालनी गर्ने भएका छन् । यसका लागि सोमबार १२ सदस्यीय एक विज्ञ टोली गठन गरेर कोरोना भाइरसको नियन्त्रणका लागि थप कदम चाल्ने बताइएको छ ।
अझै पनि जर्जिया र एरिजोना राज्यको अन्तिम नतिजा आइसकेको छैन । नवनिर्वाचित राष्ट्रपति जो वाइडेनले आगामी जनवरी २० बाट आफ्नो कार्यभार सम्हाल्नेछन् । त्यस अगाडि शक्ति रुपान्तरण समूहमार्फत् विभिन्न काममा सहभागी हुनेछन् ।यता जो वाइडेनको विजय हुादा नेपालमा पनि नेपालीहरु खुशि भएका छन् । यस खुशिमा उनलाई बधाई दिनेको ओइरो नै लागेको छ ।
प्रतिक्रिया दिनुहोस्