ओलीले नबोलाए प्रचण्ड र नेपाल सचिवालय बैठक बोलाउने तयारीमा

काठमाडौं , कार्तिक २४ । पार्टी विवादको निरूपणका लागि बैठक डाक्न नेकपाका बहुमत सचिवालय सदस्यले अध्यक्ष केपी शर्मा ओलीलाई बैठक बोलाउन माग गर्दै दिएको लिखित ‘अल्टिमेटम’ को समय आज सकिँदैछ ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले सामूहिकरुपमा दुई दिनअघि लिखित माग राख्दै बैठक डाक्न ओलीलाई आग्रह गरेका थिए ।तर, उक्त आग्रह र अल्टिमेटमलाई अध्यक्ष ओलीले अझै त्यसबारे निर्णय गरेका छैनन् ।यद्यपि उनले आन्तरिक छलफल बढाएका छन् ।

यसैबीच यता प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारसम्म सचिवालय बैठक नबोलाए पार्टी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले सचिवालय बैठक बोलाउने तयारी थालेका छन् ।

नेकपाका दुई अध्यक्षबीच दूरी बढिरहेका बेला दुई दिनअघि प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्तिक २२ गते सचिवालय बैठकको माग राखी प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लिखित पत्र बुझाएका थिए ।

यसैबीच आज  प्रधानमन्त्रीको सन्देश लिएर महासचिव विष्णु पौडेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन् । भेटमा महासचिव पौडेलले पार्टी विधानअनुसार सचिवालय बैठक बोलाउने जानकारी गराएको स्रोतले बताएको छ ।

सचिवालय सदस्यहरूले अध्यक्ष ओलीसँग १५ दिनभित्र विधानअनुसार बैठक बोलाउन माग गरेका थिए ।प्रचण्डले भने आफूसँग सचिवालय वा स्थायी समिति बैठक बोलाउने अधिकार भए पनि सहमतिका लागि अध्यक्ष ओलीलाई लिखित पत्र पठाएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले मंगलबारसम्म बैठक नबोलाए प्रचण्डले नै सचिवालय बैठक बोलाउने तयारी थालेको स्रोतले बताएको छ । सचिवालय बैठकले स्थायी समिति बैठक कहिले बस्ने भन्नेबारे निर्णय गर्नेछ ।यता एकलौटीरूपमा राजदूत सिफारिस, मन्त्रिमण्डल पुनर्गठन, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्ध ल्याइएको अविश्वासको प्रस्ताव र ‘रअ’ प्रमुखसँग प्रधानमन्त्री ओलीले भेटेको भन्दै दाहाल९नेपाल पक्ष ओलीसँग असन्तुष्ट छ ।

सरकारले महत्वपूर्ण निर्णय गर्नुपूर्व सचिवालयका सदस्यको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमतिको आधारमा गर्नुपर्ने भदौ २६ गतेको स्थायी कमिटी बैठकका निर्णय प्रधानमन्त्री ओलीले पालना नगरेको दाहाल९नेपाल पक्षको आरोप छ ।

तर, पार्टी काममा केन्द्रित हुने पर्ने दाहालले सरकारले गर्ने स९साना काममा पनि हस्तक्षेप गर्न खोजेको ओली पक्षीय नेताहरू बताउँछन् । विवाद बढ्दै गएपछि ओली समूह सम्झौतामा फेरि अर्को संकट टार्ने कसरतमा छ भने दाहाल९नेपाल समूह ओलीकाविरूद्ध बहुमतबाट निर्णय गर्ने तयारीमा जुटेको छ ।

प्रतिक्रिया दिनुहोस्