आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं , कार्तिक २४ । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९८ हजार २ सयमा कारोबार भएको छ । आइतबार सुनको मूल्य प्रतितोला ९७ हजार ७ सयमा कारोवार भएको थियो ।

यस्तै चाँदीको मूल्य तोलाको १२ सय ८५ कारोबार भएको छ । यो मूल्य अघिल्लो दिनभन्दा १० रुपैयाँले बढी हो ।

प्रतिक्रिया दिनुहोस्