महालक्ष्मी विकास बैंक र एसआरएल डायग्नोस्टिकबीच सम्झौता, अब पाउने छन् यस्तो छुट

काठमाडौं , कार्तिक २४ । महालक्ष्मी विकास बैंक र एसआरएल डायग्नोस्टिकबीच सम्झौता भएको छ । बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले एस।आर।एल। डायगनोस्टिक (नेपाल)सँग एक सम्झौता गरेको हो छ ।

सम्झौताअनुसार अब बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरु तथा कर्मचारीहरुले एस।आर।एल। डायगनोस्टिक (नेपाल)मा उपचार गराउँदा प्रयोगशाला परिक्षणमा छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झौताअनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरु साथै कर्मचारीहरुले प्रयोगशालाका सम्पूर्ण परिक्षणमा १५% आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौता पत्रमा बैंकका महाराजगंज शाखाका प्रमुख पल्लभ श्रेष्ठ र कम्पनीका नायब बजार प्रमुख अजय यादवले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्