पार्टी फुट्न लाग्यो, सबै मिलेर बचाऔं: प्रधानमन्त्री ओली, माधव नेपालले भने – रोक्ने जिम्मा तपाईंकै हो
काठमाडौं, कार्तिक २३ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई बालुवाटारमा बोलाएर पार्टी विवादका विषयमा छलफल गरेका छन् । नेता माधव नेपाललगायत नेताहरूबीच आइतवार बालुवाटारमा भेटवार्ता भएको हो । । भेटमा प्रधानमन्त्री ओलीले नेता नेपालसँग नेकपा फुटको डिलमा पुगेकाले बचाउन आग्रह गरेका छन् ।
उनले विगतदेखि पार्टीमा देखिएको समस्याका बारेमा अवगत गराउँदै नेता नेपाल र उनको समूहमा रहेका नेताहरुसँग यस्तो आग्रह गरेका थिए ।प्रधानमन्त्री ओलीले भने “पार्टी फुटको डिलमा पुगेको छ । सबै मिलेर बचाऔं ।
झण्डै साढे दुई घण्टा लामो छलफलमा प्रधानमन्त्री ओलीले पार्टी फुटको संघारमा भएको बताए पनि फुटलाई जोगाउने विषयमा ठोस प्रस्ताव भने नराखेको छलफलमा सहभागि एक नेता जानकारी दिए। ओलीले नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई छलफलका लागि बोलाएका थिए ।
नेकपा भित्र विवाद चर्किँदै जाँदा ओली पार्टी कमिटीको बैठक चलिरहेका छन्। नेकपाको सचिवालयका बहुमत सदस्यहरुले सोमवारसम्मको अल्टिमेटम सहित बैठक राख्न ओलीलाई पत्र बुझाएका थिए। त्यसपछि ओलीले नेपाललाई बालुवाटारमा भेट्न बोलाएका हुन्।
प्रतिक्रिया दिनुहोस्