पत्रकार ऋषि धमलालाई कोरोना पुष्टि

काठमाडौं , कार्तिक २३ । पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार भएको परीक्षणमा उनलाई कोरोना देखिएको हो । उनी अहिले घरमै आइसोलेसनमा रहेका छन् ।

उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । आफु कन्ट्याक ट्रेसिङमा परेको र आज चेक गर्दा कोरोना पोजेटिभ देखिएको उनले बताएका छन् । पछिल्लो समय कोरोना संक्रमण कलाकार तथा पत्रकारमा पनि तिब्र रुपमा देखिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्