हतियारसहित आएका भारतीय प्रहरी एस एस बिलाई लखेटे स्थानीयले !

काठमाडों, कार्तिक २३ । कञ्चनपुरको दक्षिणी क्षेत्रमा पर्ने बेलौरी नगरपालिका–१०भुडा स्थित नेपाल–भारत सीमा निरीक्षण गरिरहेका भारतीय सुरक्षा बल (एसएसबी) लाई स्थानीयले लखटेका छन् ।

नेपाली पक्षसंग कुनैपनि समन्वय नगरी एकलौटी रुपमा सीमा स्तम्भ निरीक्षणसंगै रहेको नहर नापी रहेको भारतिय एसएसबीलाई बेलौरी नगरपालिका(१० भुडाका स्थानीयले लखटेका हुन् ।

बिबादास्पद रहेको बेलौरी नगरपालिका–१० स्थित नेपाल–भारत पिल्लर नं ३३ देखि ३५ का सीमा स्तम्भको भारतीय सुरक्षा बल ९एसएसबी० ले हतियारसहित निरीक्षण गरिरहेको थियो । नेपाली पक्षसंग समन्वय नै नगरी एकलौटी रुपमा निरीक्षण भइरहेकाले एसएसबीलाई लखेटिएको बेलौरी नगरपालिका–१० का वडासदस्य रामनाथ चौधरीले बताए ।

बेलौरी नगरपालिका(१० भुडामा वषौँदेखि सीमा विवाद रहेको छ । उक्त क्षेत्रमा भारतीय एसएसबी हतियार सहित प्रवेश गरी एकतर्फी रुपमा नापजाँच गरिरहेको छ यो भारतीय पक्षको दादागिरी हो । अन्तर्राष्ट्रिय सिमा विवाद मिलाउन सरकारले टोलि गठन गरेको भएता पनि एकलौटीरुपमा भारतिय प्रहरी हतियारसहित नेपाल प्रवेश गरेर नाप्नु गलत रहेको अन्तराष्ट्रिय सीमा निगरानी समूहका सदस्य हरिश पन्तले बताए ।

बेलौरी नगरपालिका वडा १० को नेपाल भारत सीमा स्तम्भ ३५ देखि नाप्दै आइरहेको भारतीय प्रहरी टोलि, ३४ र ३३ भएको क्षेत्रमा हतियार सहित आएका एसएसबीले एकतर्फी रुपमा भूमी नापिरहेको बेला स्थानीयले भारतीय एस एस बि लाई लखेटिएको हो ।

नेपाल भारत सीमा स्तम्भको निरीक्षण गर्दा नेपाली पक्षसंग समन्वय गर्नु पर्ने तर भारतीय पक्षले समन्वय नै नगरी नेपाली भुमिमा गस्ती र निरीक्षण गर्नु गलत हो । सीमा स्तम्भको निरीक्षण गर्दा नेपाली पक्षसंग समन्वय गर्नु पर्ने तर भारतीय पक्षले समन्वय गरेको छैन ।

यता नेपाली पक्षले पनि नियमित गस्ती निरीक्षण गर्ने गर्छ तर समुन्वय गरेर समुन्वय नगरेर निरीक्षण गरेकोमा भारतीय एस एस बिले माफी मागेको प्रमुख जिल्ला अधिकारी महतोले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्