देशभर ७६ जना भेन्टिलेटरमा, काठमाडौं उपत्यकामा थपिए १हजार ५१२ संक्रमित

काठमाडौं , कात्तिक २२ । बितको २४ घण्टामा काठमाडौं उपत्यकामा १४१२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमा ६२५ महिला र ८८७ पुरुष रहेका छन् ।

हाल देशभर सक्रिय संक्रमितमध्ये २८ हजार ९२० जना होम आइसोलेशनमा रहेका छन् भने बाँकी विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।

यस्तै हाल देशभर ३६५ जना आईसीयू र ७६ जना भेन्टिलेटरमा रहेका छन् ।पछिल्लो २४ घण्टामा देशभर थप २७५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै देशभर कोरोनाभाइरसको सक्रिय संक्रमित ३५ हजार ४३५ पुगेको छ ।

मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार हाल देशभर कुल संक्रमित १ लाख ९१ हजार ६३६ जना रहेका छन् भने निको हुनेको संख्या १ लाख ५५ हजार ११४ जना रहेका छन् । पछिल्लो २४ घण्टामा मात्रै २२०६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार कोरोना निको हुने दर ८१ प्रतिशत रहेको छ । यस्तै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १०८७ रहेको छ भने पछिल्लो २४ घघण्टामा १७ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्