देश दर्शनले सुरु गर्यो सुविधासम्पन्न पर्यटक बससेवा
काठमाडौं, कार्तिक २२ । कोरोना महामारीका बीच पनि देशदर्शन बस सेवा प्रालिले शनिबारबाट पर्यटक बस सेवा सुरु गरेको छ ।
१२ करोड रुपैयाँ लगानीमा १६ ओटा पर्यटक बस खरिद गरी स्वदेशी तथा विदेशी पर्यटकलाई अत्याधुनिक सुविधासहित बस सेवा प्रदान गर्ने उद्देश्यले सेवा सुचारु गरिएको हो ।
देशका प्रमुख पर्यटकीय स्थलमा दिवा तथा रात्रि पर्यटक बस सेवा दिनेगरी पर्यटन बस सुचारु गरिएको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स ९नाटा०का अध्यक्ष अच्युत गुरागाईंले बताए।
उनले नयाँ गन्तव्यमा पर्यटन बस सञ्चालन गर्न सरकारीस्तरबाटै सहयोग हुनुपर्ने पनि बताए ।
कोभिड संक्रमणका कारण बसमा यात्रा गर्दा सुरक्षाका मापदन्डलाई अनिवार्य पालनागरी यात्रा गर्नुपर्ने व्यवस्था पनि गरिएको छ ।
देशदर्शनले शुभारम्भको एक सातासम्म काठमाडौंदेखि देशका विभिन्न स्थानमा जाँदा भाडादरमा ५० प्रतिशत छुट र काठमाडौं भित्रिने यात्रुका लागि भाडादरमा २० प्रतिशत छुटको व्यवस्था पनि गरेको छ ।















प्रतिक्रिया दिनुहोस्