बालुवाटारमा चर्काचर्की : प्रधानमन्त्री ओलीको जवाफ– तपाईँहरु गुटबन्दी गर्ने, मैले किन बैठक बोलाउने ?

काठमाडौं , कर्तिक २२ । नेकपा सचिवालय बैठकको आग्रहका लागि पुगेका सचिवालयका पाँच सदस्य र अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीच चर्काचर्की भएको छ । बैठकमा सहभागी नेताहरुका अनुसार ओली बैठक बोलाउन तयार नभएपछि चर्काचर्की भएको हो ।

शीर्ष नेताहरु बालुवाटार पुगेर ओलीसँग दुई घण्टा कुराकानी गरे। तर उल्टै चर्काचर्की परेको सहभागी एक नेताले बताए। बैठकमा ओलीले कुनै निष्कर्ष नदिनु भनेको बैठक बोलाउन नचाहेको बुझिएको प्रवक्ता श्रेष्ठले बैठक सकिएपछि जानकारी दिए। चर्काचर्कीबारे श्रेष्ठले कुनै कुरा खुलाएनन्। उनले आफूहरुले बैठक बोलाउन लिखितपत्र भने बुझाएको बताए।

बैठकमा ओलीको जवाफ थियो “तपाईँहरु गुटबन्दी गर्दै हिँड्नुभएको छ,” , “अहिले केका लागि बैठक बोलाउने रु मैले बैठक बोलाउँदिनँ ।”

ओलीले धुम्बाराही र पेरिसडाँडामा बसेर गुटबन्दी गरिरहेको बताएका थिए । पाँचजना सचिवालय सदस्यहरुले औपचारिकरुपमा नै लिखित पत्र बुझाएका थिए । त्यसअघि धुम्बाराहीमा बिहान दुईघण्टा छलफल गरेर नेताहरु बालुवाटार पुगेका थिए ।

यता सरकारको चौतर्फी आलोचना हुन थालेपछि प्रचण्ड, वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालले सरकारको समीक्षा हुनुपर्ने माग गर्दै आएका छन्।कपाको विवाद साम्य हुन सकेको छैन।यही विषयमा सचिवालय बैठक बोलाउन सचिवालयका बहुमत सदस्यले पटकपटक माग पनि गरिरहेका छन् । अज पनि यहि माग गरेका छन् ।

ओलीलाई सचिवालय बैठक डाक्न अनुरोध गर्न प्रचण्डसँगै वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ अहिले बालुवाटार पुगेका हुन्।

प्रतिक्रिया दिनुहोस्