प्रचण्डले बोलाएको बैठक धुम्बाराहीमा सुरु , ओली पक्षका नेता गएनन्
काठमाडौँ, कार्तिक २१ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठक धुम्बाराहीमा सुरु भएको छ । बैठकमा बहुमत सदस्य सहभागी भएका छन् ।
सचिवालयका एक सदस्यले दिएको जानकारी अनुसार, शुक्रबार दिउँसो ३ बजेका लागि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बोलाइएको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी भएका हुन् ।
नौ सदस्यीय सचिवालयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा भने अनुपस्थित छन् ।
पार्टी प्रवक्ता नाराणकाजी श्रेष्ठले सचिवालयका सबै सदस्यलाई जानकारी गराएको बताए पनि प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी ओलीका प्रेससल्लाहकार सूर्य थापाले यस विषयमा अध्यक्ष ओली र सहासचिव विष्णु पौडेललाई जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।
सचिवालय बैठक भनिए पनि आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेताहरु उपस्थित छैनन् ।प्रचण्डले आज दिउँसो ३ बजे पार्टी कार्यालय धुम्बाराहीमा सचिवालयको अनौपचारिक बैठक बोलाएका थिए।
आज बोलाइएको बैठकमा बरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छैन ।सचिवालयका प्रधामन्त्री केपी शर्मा ओलीसहित महासचिव विष्णु पौडेल र ईश्वर पोखरेल भने उपस्थित छैनन् ।
यसैबीच प्रचण्ड पक्षले आफ्नो समूहका भन्दै आएका गृहमन्त्री समेत रहेका रामबहादुर थापा ‘बादल’ पनि बैठकमा सहभागी छैनन् । केही दिनअघि खुमलटार पुगेर बादलले प्रचण्डलाई पार्टी फुटतिर लैजान कुनै पनि क्रियाकलाप कसैले पनि गर्न नहुने मत राखेका थिए।
प्रतिक्रिया दिनुहोस्