कोरोनाको उपचार नि:शुल्क गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं , कार्तिक २१। संसद्‌को शिक्षा तथा स्वास्थ्य समितिले कोभिड-१९ रोगको उपचार सबैलाई निःशुल्क गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिले मन्त्रालयका सचिवलाई निर्देशन दिँदै कोभिड-१९ को उपचार निस्शुल्क गर्न निर्देशन दिएको हो ।जवाफमा मन्त्रालयका सचिवले कोभिड-१९ रोगको उपचार निस्शुल्क गर्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा लैजान लागेको जानकारी दिएका थिए ।

हिजो मात्रै सर्वोच्च अदालतले कोभिड-१९ को उपचारमा शुल्क लिन पाउनुपर्ने भन्दै परेको निवेदन खारेज गरिदिएको थियो ।

सर्वोच्चले यसअघि नै सरकारका नाममा सबैलाई कोभिड(१९ को निस्शुल्क उपचार गर्न भन्दै परमादेश जारी गरेको थियो ।समितिको आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवलाई छलफलका लागि बोलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्