सुन-चाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

काठमाडौं, कार्तिक २१ । नेपाली बजारमा सुनको मूल्य बढेको छ। शुक्रबार छापावाला सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर ९७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार छापावाला सुन तोलामा ९६ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य तोलामा पनि एक हजार रुपैयाँले बढेर ९६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेर १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्