प्रचण्डले बोलाए सचिवालय बैठक, यी विषयमा हुनेछ छलफल

काठमाडौँ, कार्तिक २१ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले पार्टीको सचिवाल बैठक बोलाएका छन् ।

दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेगरी बैठक बोलाइएको हो । बैठकमा पार्टी भित्रको आन्तरिक गतिविधिका विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।

प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई सचिवालय बैठक बोलाउन पटक पटक आग्रह गरेपनि ओलीले बैठक नबोलाएपछि प्रचण्डले सचिवालयका सदस्यलाई पार्टी केन्द्रीय कार्यालयमा बोलाएका हुन् ।आजको सचिवालय बैठकमा प्रधानमन्त्री ओली बाहेक अन्य सबैलाई निम्तो गरिएको छ ।

नेकपाको सचिवालयमा केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल, इश्वर पोखरेल र रामबहादुर थापा बादल सदस्य छन् ।

आजको बैठकपछि अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई भेट्ने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।शुक्रबार बिहान प्रचण्डलाई भेट्न खुमलटार पुगेका नेकपा संसदीय दलका उपनेता सुवाचन्द्र नेम्वाङलाई पनि अध्यक्ष प्रचण्डले सचिवालय सदस्यसँग छुट्टै छलफल गर्ने जानकारी दिएका छन् ।

भेटका क्रममा प्रचण्डले पार्टी एकता गम्भीर मोडमा पुगेको भन्दै प्रधानमन्त्रीले स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन गर्नुपर्ने बताएका थिए ।पछिल्लो समय नेकपामा विवाद चर्किदै गएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल भएपनि सहमति भने हुन सकेको छैन् ।छलफलमा नेताहरुले पुरानै अडान दोहोर्याएपछि सहमति बन्न नसकेको बुझिएको छ ।पछिल्ला घटनाक्रमपछि नेकपाका केही नेताहरूले प्रधानमन्त्री ओलीको सार्वजनिक रूपमा आलोचना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्