धादिङका पाका पत्रकार वर्माको निधन, पत्रकारिता क्षेत्रमा ठूलो क्षति
काठमाडौं, २१ कार्तिक । धादिङका क्रियाशील एवं पाका पत्रका। ७९ वर्षीय वरिष्ठ पत्रकार सीताराम बर्माको निधन भएको छ ।
काठमाडौंस्थित किष्ट अस्पतालमा उपचारको क्रममा बर्माको गए राति निधन भएको हो ।
बर्मालाई कोरोना संक्रमण देखिए पनि नेगेटिभ आइसकेको थियो ।
बर्माले लामो समय राष्ट्रिय समाचार समितिमा रहेर काम गरेका थिए । उनी नेपाल पत्रकार महासंघ धादिङ र नेपाल प्रेस युनियन धादिङ शाखाका संस्थापक अध्यक्ष समेत हुन् ।
प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले शुक्रबार बिहान निकालेको विज्ञप्तिमा बर्माको निधनले पत्रकारिता क्षेत्रमा ठूलो क्षति पुगेको उल्लेख छ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले बर्माको निधनको खबरले दुखी बनाएको जनाएको छ ।
पत्रकार महासंघ धादिङले शोक विज्ञप्ति निकालेर श्रद्धाञ्जली दिएको छ । बर्माका तीन छोरी दुई छोरामध्ये एक छोराको निधन भइसकेको छ । उनकी कान्छी पत्नीको पनि हालै निधन भएको थियो। बर्माको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।
नेपाल प्रेस युनियनले निकाले शोक विज्ञप्तिः
मितिः २०७७ कार्तिक २१
शोक विज्ञप्ती
नेपाल प्रेस युनियन धार्दिङका संस्थापक अध्यक्ष सिताराम बर्माको निधनको खबरले नेपाल प्रेस युनियन स्तब्ध भएको छ । नेपाल पत्रकार महासंघ धार्दिङका समेत संस्थापक रहनुभएका ७९ बर्षिय बर्माको उपचारका क्रममा काठमाडौंमा निधन भएको हो । केहि दिनअघी जीवनसंगिनी समेत गुमाउनुभएका बर्मा त्यसयता स्वास्थ्यमा प्रतिकुलता आई अस्पताल भर्ना हुनुभएको थियो । जीवनको उत्तराद्र्धमा समेत राष्ट्रिय समाचार समिति मार्फत पत्रकारीतामा क्रियाशिल भइराख्नु भएका बर्मा मोफसलको पत्रकारीतामा सम्मानको साथ लिइने नाम थियो । बर्माको निधनले खासगरि मोफसलको पत्रकारीतामा ठूलो क्षती पुगेको छ । शोकको यस घडीमा नेपाल प्रेस युनियन स्वर्गीय सिताराम बर्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहनुभएका सम्पूर्ण बर्मा परिवारमा समवेदना प्रकट गर्दछ ।
अजयबाबु शिवाकोटी
महासचिव
नेपाल प्रेस युनियन















प्रतिक्रिया दिनुहोस्