काठमाडौं उपत्यकामा थपिए १ हजार ३९८ संक्रमित
काठमाडौं, कार्तिक २० । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ३९८ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा थपिए १ हजार ३९८ संक्रमित थपिएको जनाएको छ । संक्रमित पुष्टि हुनेमा ६०१ महिला र ७९७ पुरुष रहेका छन् ।
काठमाडौंमा १ हजार ९१, भक्तपुरमा १४७ र ललितपुरमा १६० जना नयाँ संक्रमित थपिएका हुन् ।बिहीबार मुलुकभर भने थप ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्