प्रधानमन्त्री ओलीलाई प्रचण्डको प्रश्नः कसले माग्यो तपाईंको राजीनामा ?
काठमाडौं , कात्तिक २० । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता धएको छ ।ओलीलाई भेट्न प्रचण्ड बिहीबार बालुवाटार पुगेका थिए । तर कुनै ठोस सहमति हुन सकेन ।
स्रोतका अनुसार भेटमा प्रचण्डले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिबारे चासो राखेका थिए ।प्रधानमन्त्री ओलीले बुधबार एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री पदबाट राजीनामा नदिने बताएका थिए । प्रचण्डले कसले राजीनामा मागेको हो भनेका सोधेका थिए ।
प्रदेश १ को भर्चुअल बैठकतर्फ संकेत गर्दै यस्ता छलफलभन्दा पार्टीको बैठक बोलाउनुपर्ने बताएका छन् । सचिवालय बैठक बसेर छलफल गर्नुपर्ने उनको जोड थियो ।जवाफमा प्रधानमन्त्री ओलीले तपाईंहरुले पनि यस्ता छलफल गर्नु भएकै छ भनेका थिए । पार्टीको बैठक बोलाउन विषयमा दुई अध्यक्षबीच सहमति हुन नसकेको स्रोतको दाबी छ ।
प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्माओली पार्टीमा उठेका विषयहरुबारे बैठक राखेर समाधान खोज्न अझै तयार नभएपछि नेकपाको विवादले कस्तो रुप लिने हो भन्ने अनिश्चित बनेको छ ।
५ दिनपछि बिहीबार अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका कार्यकारी अध्यक्ष प्रचण्डसँगको सम्वादमा ओली पार्टी कमिटीको बैठक राख्न सहमत नभएका हुन् ।पछिल्ला घटनाक्रमपछि नेकपाका केही नेताहरूले प्रधानमन्त्री ओलीको सार्वजनिक रूपमा आलोचना गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्