एभरेष्ट बैंकले गर्यो गतबर्ष भन्दा घटाएर लाभांश घोषणा
काठमाडौं, २० कात्तिक । एभरेष्ट बैंक लिमिटडले १०.५३ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले गत वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत (लाभांश करसहित) नगद लाभांश घोषणा गरेको हो ।
बैंकको अहिले चुक्ता पुँजी ८ अर्ब ४७ करोड रुपैयाँ छ । बैंकले गत बर्षको भन्दा बोनस सेयर नघटाए पनि कुल लाभांश भने घटाएको छ ।
कोभिडका कारण बैंकहरुको नाफा प्रभावित भएको छ भने राष्ट्र बैंकले पनि लाभांश वितरणमा अंकुश लगाएको छ। बैंकले गत वर्ष ५ प्रतिशत बोनस सेयरसहित २५ प्रतिशत कुल लाभांश दिएको थियो।
प्रतिक्रिया दिनुहोस्