सिद्धार्थ र सानिमा क्यापिटलको साधारण सभा कात्तिक २१ गते हुने

काठमाडौं , कर्तिक १९ । सिद्धार्थ क्यापिटल र सानिमा क्यापिटलको साधारण सभा कात्तिक २१ गते हुने भएको छ ।

सभाले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सानिमा क्यापिटलले कम्पनीको रजिष्टर्ड कार्यालय पुतलीसडक, काठमाडौंमा साधारण सभा आयोजना गर्ने भएको छ ।

सभा अपरान्ह २ बजे हुने कम्पनीले बताएको छ । सभाले ८ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सिद्धार्थ क्यापिटलले आफ्नो कार्यालय नक्सालमा साँझ ३ बजे हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्