कपडा गोदाममा आगलागी, ८ जनाको मृत्यु

काठमाडौं, कार्तिक १९ । कपडा गोदाममा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ । भारतको गुजरातको अहमदावादमा एक कपडा गोदाममा आगलागी हुँदा ८ जनाको मृत्यु भएको हो ।

कपडा गोदाममा आगलागीपछि भएको विस्फोटका कारण घरको छत खस्दा ८ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

५ जना अझै छतले पुरिएको हुनसक्ने आशंका गरिएको छ।उक्त स्थानमा अहिले आगो निभाउनका लागि दमकल पुगिसेकेको र राहत र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

अग्नि नियन्त्रण ब्युरोका एक अधिकारीले गोदामको छेउमा रहेको बायलरमा विस्फोट हुँदा आगो लागेको जानकारी दिए। यस घटनामा ६ जनालाई उद्धार गरिएको छ मध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ।

प्रतिक्रिया दिनुहोस्