अमेरिकी राष्ट्रपतीय चुनाव : नतिजा नआउँदै ट्रम्पले भनेः हामीले चुनाव जितिसक्यौँ

काठमाडौं, कार्तिक १९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावको नतिजा आइनसक्दै आफूले जितेको घोषणा गरेका छन्।

मतगणना जारी रहँदा ह्वाइट हाउसबाट सम्बोधन गर्दै ट्रम्पले भने, ‘जहाँसम्म मेरो कुरा छ, हामीले जितिसक्यौँ।’‘हामी ठूलो उत्सवका लागि तयार थियौँ,’ उनले भने, ‘हामीले सबै जित्दैथियौँ। अचानक रोक्यौँ।’उनले विपक्षीले धाँदलीको प्रयास गरेको आरोप पनि लगाए।

‘यो अमेरिकी जनतामाथिको ठगी हो, हाम्रो देशका लागि लज्जाको विषय हो,’ उनले भने। यद्यपि उनले धाँदलीको प्रमाण भने दिएनन्। धाँदली रोक्न अदालत जाने घोषणा पनि गरे।

ट्रम्पले राष्ट्रपतीय चुनावको मतगणना रोक्न धम्की दिएका छन्। मतगणना जारी रहेकै बेला आफूले चुनावमा जित हाँसिल गरे पनि धाँधली भएको  भन्दै उनले सर्वोच्च अदालत जाने बताएका छन्।

ह्वाइट हाउसबाट समर्थकहरूलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले आफूले चुनाव जितिसकेको र चुनावमा धाँधली भएको भन्दै सर्वोच्च अदालत जाने बताएका  अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ।

चुनावको अन्तिम मत परिणाम पनि आउन अझै बाँकी छँदै उनले चुनावमा धाँधली हुनु अमेरिकी जनतामाथिको धोका र देशप्रतिको अपमान भएको अभिव्यक्ति दिएका छन्। उनले भनेका छन्, ूहामीले चुनाव जितिसकेका थियौं।  त्यसैले अब हाम्रो लक्ष्य इमानदारीतालाई जोगाउनु हो। हामी अमेरिकाको सर्वोच्च अदालत जान्छौंू

यसअघि आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै जो बाइडेनले पनि चुनाव आफू जित्ने निश्चित रहेको दाबी गरेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्