अहिले मैले राजीनामा दिन मिल्छ ? म दिनेवाला छैनः प्रधानमन्त्री ओली

काठमाडौं, कार्तिक १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजीनामा मागेको सुन्नमा आएको भन्दै राजीनामा नदिने बताएका छन् । बुधबार मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन्।

“बाहिर सञ्चारमाध्यममा हल्ला फैलिइसक्छ राजीनामा दिन पस्यो भनेर,” प्रधानमन्त्री ओलीले भने, “अहिले मैले राजीनामा दिन मिल्छ ?  मेरो लागि होइन, मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । त्यसैले मैले राजीनामा दिन्न ।”

उनले बाहिर के तयारी भइरहेको छ भन्ने बारेमा आफूलाई कुनै जानकारी नभएको बताउँदै आफूले राजीनामा नदिने कुरा पटक पटक दोहोर्‍याइरहेको समेत बताए। फेरि केहीले खोई त राजीनामा भन्दै मागिरहेका छन् भन्ने सुन्छु है। तयारी गर्दै छन्। यो तयारी अन्तिममा के हुनेछ…… केही पनि हुनेवाला छैन, ओलीले भने।

उनले आफ्नो रहरले प्रधानमन्त्री नभएको भन्दै जनताको आवश्यकता र समर्थनले भएको दाबी गरे।अहिले नेकपाभित्र चर्को विवाद उठिरहेको छ। पार्टी फुटको कुरा पनि उठिरहेको अवस्थामा पुन: ‌ओलीले राजीनामा नदिने बताएका हुन्।

प्रतिक्रिया दिनुहोस्