थप ३ हजार ११४ जनामा कोरोना पुष्टि उपत्यकामा थपिए १४६८ संक्रमित

काठमाडौं, कार्तिक १८ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५०० थियो । यसैबीच काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालले काठमाडौं उपत्यकामा ६४९ जना महिला र ८१९ जना पुरुषमा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

जसमध्ये काठमाडौंमा १२४२, भक्तपुरमा ६३ र ललितपुरमा १६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको हो ।

२४ घण्टामा थप ३१४२ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ३१४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ४१ हजार १३४ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

प्रतिक्रिया दिनुहोस्