काठमाडौं महानगरले लगायो खुल्लामञ्चमा खाना खुवाउन रोक, साझा पार्टीले भन्यो– हामी खुवाउँछौँ, हेरौँ कसले रोक्दो रहेछ

काठमाडौं, कार्तिक १८ । कोरोनाका कारण मानिसहरु यति बेला बेरोजगारीको चपेटोमा छन् भने कतिपयको रोजी रोटी नै खोसएिको छ । कतिपय मजदुर तथा विपन्नहरुलाई साँझ र बिहानको छाक टार्न पनि मुस्कील भएको छ ।

यसैमारमा परेका कतिपयले काठमाडौंको खुल्लामञ्चमा बनाइएको बसपार्कमा खाना खाने गरेका छन् । यो अभियान नै चलेको छ ।विश्व महामारी कोरोनाभाइरस र यसले सिर्जना गरेको लकडाउनका कारण पछिल्लो समय विश्वभर नै रोजगारी गुमाउनेहरुको संख्या निकै बढेको छ । नेपालमा पनि रोजगारी गुमाउनेहरुको संख्या निकै बढिसकेको छ ।

यो समस्याका कारण पछिल्लो समय खाना खान पनि समस्या भएकाहरुलाई खुलामन्चमा केही परोपकारी संस्थाहरुले खाना खुवाइरहेका थिए । तर, काठमाडौं महानगरले त्यहाँ खाना नखुवाउन निर्देशन दिएको छ । कोरोना संक्रमणका कारण रोगजार गुमाएका र विपन्नहरुलाई खाना खुवाउने अभियानमाथि काठमाडौं महानगरपालिकाले रोक लगाएको छ।

केही परोपकारी समूहहरुले लकडाउन सुरु भएयता महिनौंदेखि खुल्लामञ्चमा विपन्नहरुलाई खाना खवाउँदै आएका थिए। तर महानगरले भने आफ्नो बेइज्जत भएको र फोहोर भएको भन्दै खाना खुवाउन प्रतिबन्ध लगाएको हो। यता विपन्न र असहायहरूलाई खाना खुवाउँदै आएकोमा त्यसलाई रोक्न काठमाडौँ महानगरपालिकाको निर्णको साझा पार्टीले विरोध गरेको छ।

श्रमिक तथा असहायहरू भोकभोकै मर्नु पर्ने अवस्था सृजना भएका बेला सरकार स्वयंले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरेर उनीहरूको हेरचाह गर्नु पर्नेमा उल्टो नागरिक स्तरबाट भइरहेको परोपकारी कार्यमाथि रोक लगाउनुलाई साझाले अमानवीयताको पराकाष्ठा भनेको छ।

साझाले बुधबार बिहान र बेलुका खुलामञ्चमा खुवाइने खानाको खर्च साझा पार्टीका सदस्य तथा शुभेच्छुकहरूले बेहोर्ने र साझा पार्टीका स्वयंसेवीहरू पनि खाना खुवाउने कार्यमा सरिक हुने बताएको छ।

खाना खुवाउँदै गर्दा रोक्न आएका नगर प्रहरीहरुले ुमेयरको आदेशु भन्दै खाना खुवाउन रोक्ने भनेका थिए। परोपकारी संस्थाहरुले भने सरकारले उनीहरुको जिम्मेवारी नलिएसम्म खाना खुवाउन नछाड्ने बताएको छ।यो निर्दयी सरकारले शान्तिपूर्ण रूपमा गरिने मानवीय कार्यलाई हेरौँ कसरी रोक्दो रहेछ, साझाले विज्ञप्तीमा भनेको छ।

प्रतिक्रिया दिनुहोस्