सानिमा जनरल इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत, बुधबारबाट कारोबार
काठमाडौं , कार्तिक १८ । सानिमा जनरल इन्स्योरेन्सको साधारण सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको सेयर नेप्सेमा सुचिकृत भएसँगै अब बुधबारबाट कम्पनीको सेयर दोस्रो बजारमा कारोबार गने सकिने भएको छ ।
१०० रुपैयाँ अंकित मुल्य भएको १ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको नेप्सेले जनाएको छ ।नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति कित्ता न्युनतम १०३ रुपैयाँ ७३ पैसा देखि अधिकतम ३११ रुपैयाँ १९ पैसा ओपनिङ रेन्ज तोकिएको छ ।
सानिमा जनरल इन्स्योरेन्सको सेयरलाई (एसजीआई) कारोबार संकेत प्रदान गरेको छ । सानिमा जनरल इन्स्योरेन्सले दसैं अगाडी ३ करोड बराबरको ३० लाख कित्ता साधारण सेयर बिक्रि गरेको थियो ।
कम्पनीले ३० लाख कित्ता साधारण र ७० लाख कित्ता संस्थापक गरी १ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्