भारतीय सेना प्रमुख भोली नेपाल आउँदै, भव्य स्वागत गर्ने तयारी
काठमाडौं, कार्तिक १८ । भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे भोली (बुधबार) नेपाल आउँदैछन्। नेपाल भ्रमणमा बुधवार नेपाल आउन लागेका नरवणेलाई भव्य स्वागतको तयारी भइरहेको छ ।
नेपाली सेनाको मनार्थ सेनापतिको उपाधि लिनका लागि उनी नेपाल आउन लागेका हुन् ।सेनाअध्यक्ष नरवणेको नेपाल भ्रमण जनवरी २०२० मा नै हुने तय भएको थियो तर कोरोना महामारीका कारण ढिलाइ भएको भएको हो ।राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल सेनाको मनार्थ सेनापति लिइसकेपछि उनले विभिनन उच्च स्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
यसअघि भारतीय गुप्तचर संस्था रअ का प्रमुख सामन्त गोयल नेपाल आएर प्रधानमन्त्री केपी शर्मा अोलीलाई भेटेर गएपछि नरवणेको भ्रमण हुन लागेको हो । त्यसले गर्दा यो भ्रमणलाई विशेष रुपमा लिइएको छ भने भ्रमणको विशेष चर्चा पनि भइरहेको छ ।नेपालको राजनीति अवस्था पनि विशेष परिस्थितिमा रहेको बेला उनको यो भ्रमण हुन लागेको हो ।
त्यसले गर्दा टिकाटिप्पणी पनि त्यसरी नै हुन थालेको छ ।यता नरवणेको भ्रमण विशेष चर्चामा रहेको हुनाले उनको सुरक्षा अवस्थालाई पनि कडा बनाइएको भारतीय दूतावास स्रोतले जनाएको छ । उनको सुरक्षा अवस्थाको बारेमा सुक्ष्म अध्ययन गरी सुरक्षा रणनीति बनाइरहेको बताइएको छ । उनको सुरक्षा नेपाली सेना र भारतीय सेना दुवैले दिने बताइएको छ ।
उनको सुरक्षाको रणनीति नेपालस्थित भारतीय दूतावासमा रहेका डिफेन्स विंग्सले बनाइरहेको छ । उनको कार्यक्रमको सम्पूर्ण कार्यसूची सोही विङ्ग्सले हेरिरहेको बताइएको छ ।
हालसम्मको प्राप्त सूचना अनुसार तीन दिने नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी प्रधानसेनापति पूर्णचन्द्र थापासँग उनले भेटवार्ता गर्नेछन् । यो कार्यसूचीमा हेरफेर पनि हुनसक्ने आंकलन गरिएको छ । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथी पदवीले सम्मान गर्नेछिन् ।
यो दुई मुलुकबीचको सात दशक लामो परम्परा पनि रहेको छ । एकअर्का मुलुकको सेना प्रमुखलाई सम्मान गर्ने परम्पराले दुई मुलुकबीचको सैन्य सम्बन्ध र नेपाल–भारतबीचको पृथक सम्बन्धलाई परिभाषित गर्दछ ।
दुवै मुलुकको सैन्य सम्बन्ध बहुआयामिक छ । हाल पनि करिब ३० हजार गोर्खा सैनिकहरु भारतीय सेनामा भर्ती भएका छन् । भारतीय सेनाले नेपाली सेनालाई आधुनिकीकरण, प्रशिक्षण, क्षमता अभिवृद्धि, मानवीय साहयता र विपद् व्यवस्थापन, सैन्य अभ्यासलगायतका कुराहरुमा दशकौंदेखि सहयोग गर्दै आएको छ ।
पछिल्लो सयम अप्रेसन मैत्रीअन्तर्गत भारतीय सेनाले सहयोग पुर्याइरहेको छ । भारतीय सेनाले ०७२ को भूकम्पपछि अप्रेसन मैत्री सुरु गरेको छ । भारतीय सेनाले उद्धार र राहत कार्यक्रम तत्काली अघि बढाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निर्देशन दिएका थिए ।यता भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे नेपाल भ्रमणमा आउँदा दुई देशका सेनाबीच परम्परागत मित्रता गाढा हुने नेपालस्थित भारतीय दूतावासले दावी गरेको छ।
नरवाणेको भ्रमणले दुबै पक्षलाई द्विपक्षीय रक्षा साझेदारीमा छलफल गर्ने र आपसी फाइदाका लागि यसलाई अझ मजबुत बनाउनका लागि अवसरहरू खोजी गर्ने अवसर प्रदान गर्नेछ,ु भारतीय दूतावासले ट्वीटरमा लेखेको छ। दूतावासका प्रवक्ता नवीन कुमारले भारतका सेनाध्यक्ष नरवाणेको भ्रमणबारे मिडियामा धेरै प्रश्न उब्जेको उल्लेख गर्दै उनको भ्रमणले दुई सेनाबीच लामो समयदेखि रहेको परम्परागत मित्रतालाई गाढा पार्ने जनाएका हुन्।
प्रतिक्रिया दिनुहोस्