सांसद केसीको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
काठमाडौँ, कार्तिक १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनमा दुःख व्यक्त गरेका छन्।
प्रधानमन्त्री ओलीले ट्वीटमार्फत उनीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्।नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचनबाट निर्वाचित केसीको ६३ वर्षका उमेरमा सोमबार राति कास्कीमा निधन भएको थियो।
केसीको निधनप्रति सभामुख अग्नीप्रसाद सापकोटाले पनि श्रद्धाञ्जली व्यक्त गरेका छन्।















प्रतिक्रिया दिनुहोस्