काँग्रेस सांसद सूर्यबहादुर केसीको निधन

काठमाडौं , कार्तिक १८ । प्रतिनिधि सभाका सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधन भएको छ । सुगर र प्रेसरको समस्याबाट गुज्रिरहेका केसीको सोमबार राति निधन भएको हो । सोमबार राति कास्कीको पोखरास्थित आफ्नै घरमा केसीको निधन भएको काँग्रेस नेता डा। प्रकाशसरण महतले जानकारी दिए ।

६३ वर्षीय केसी काँग्रेसको आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका थिए । उनी कांग्रेसका समानुपातिक तर्फका संघीय सांसद हुन् । लामो समयदेखि मधुमेह र प्रेसरका बिरामी रहेका केसी २०७४ सालमा राप्रपा छाडेर काँग्रेस प्रवेश गरेका थिए । पहिलो संविधानसभामा उनी राप्रपाबाट सभासद थिए ।

प्रतिक्रिया दिनुहोस्