उपप्रधानमन्त्री पोखरेल भन्छन् -पार्टी विभाजनको दुर्भाग्य निम्तिन लाग्यो
काठमाडौं, कार्तिक १७ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी विभाजनको दुर्भाग्य निम्तिन लागेको बताएका छन्।
नेपाल कम्युनिस्ट पाटी (नेकपा)को विवाद चरम उत्कर्षमा पुगेका बेला नेता पोखरेलले पनि आफ्नो अभिमत सामाजिक सञ्जालबाट व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल ट्वीटरमा उनले भनेका छन्, ‘एकताका बेला गरिएको सहमति विपरित पूर्व समूहभित्रको आवद्धताका आधारमा समिकरण बनाएर खेल खेल्नखोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो। त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं,खवरदारी गरौं१ व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं।’
उनले एकताकाबेला गरिएको सहमति विपरित पूर्व समूहभित्रको आवद्धताका आधारमा समिकरण बनाएर खेल खेल्नखोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको बताएका छन् ।
उनले यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनेर खवरदारी गर्दै व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाउन आग्रह गरेका छन् ।नेताहरुले पार्टीभित्र खेल्न खोज्दा पार्टी विभाजनको नजिक पुगेको उनको तर्क छ।
पार्टी सचिवालय सदस्यसमेत रहेका पोखरेलले एकताका बेला गरिएको सहमति विपरित पूर्व समूहको आवद्धताका आधारमा समिकरण बनाएर पार्टी भित्र खेल्न खोजिएको आरोप समेत लगाएका छन्।
प्रतिक्रिया दिनुहोस्