ओलीसँग रिसाएका प्रचण्ड बालुवाटार पुगे, के होला सम्वाद ?
काठमाडौं , कार्तिक १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्न प्रचण्ड एघार दिन पछाडि शनिबार दिउँसो बालुवाटार पुगेका हुन् ।
गएको कात्तिक ४ पछि ओली(प्रचण्ड बीच सम्वाद रोकिएको थियो । ओलीको कार्यशैलीसँग असन्तुष्ट रहेको दाहाल दुई सातादेखि बालुवाटार पुगेका थिएनन् । यो बीचमा प्रधानमन्त्री ओलीको सन्देश लिएर नेताहरु खुमलटार पुगेपनि प्रचण्ड सम्वादमा बस्न मानिरहेका थिएनन् ।
मन्त्रिपरिषद् पुनर्गठन, राजदूतहरुको सिफारिस, माओवादी कोटाबाट कर्णालीका मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाही विरुद्ध अविश्वास प्रस्ताव तयार लगायत निर्णयबाट प्रचण्ड ओलीसँग रिसाएका थिए ।
लगातार ओलीले वार्तामा बस्न आग्रह गरेपछि प्रचण्ड शनिबार अर्का अध्यक्षसँग भेटका लागि बालुवाटार पुगेका छन् । बालुवाटार जानु अगाडि प्रचण्डले नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्