चाडपर्वकै बेला आफन्तबाटै दुई बालिका बलात्कृत, दुईजना पक्राउ

काठमाडौं, कार्तिक १५ । ताप्लेजुङमा आफन्तबाटै दुई बालिका बलात्कृत भएकी छन् । सिदिङ्वा गाउँपालिका वडा नं ४ साब्लाखुकी १४ वर्षीया र आठराइ त्रिबेणी गाउँपालिका वडा नं २ फुलवारीकी १७ वर्षीया बालिकामाथि आफ्नै काकारबाबु साइनो पर्नेबाट जबरजस्ती करणी भएको हो ।

यता चाडपर्वकै बेला आफन्तबाटै दुई बालिकामाथि जबरजस्ती करणीको अभियोगमा प्रहरीले अभियुक्त २ जनालाई पक्राउ गरेको छ। जबरजस्ती करणीको प्रयास भएको जाहेरी परेपछि प्रहरीले २ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिदिङ्वाको वडा नं ४ साब्लाखु मादिबुङ बस्ने १८ वर्षीय सेते भनिने आइन्द्रहाङ लिम्बू र आठराइ त्रिबेणी गाउँपालिका वडा नं २ बस्ने २५ वर्षीय बालकृष्ण मावो लिम्बू रहेका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख९डिएसपी०महेन्द्रकुमार श्रेष्ठका अनुसार आइन्द्रमाथि १४ वर्षीया बालिकालाई मादिबुङस्थित ध्रबेवारीको ठाडोबाटोबाट केहि तल तरुल र मस्यामबारीको एकान्त ठाउँ लगि जबरजस्ती करणी गरेको अभियोग छ।

यस्तै बालकृष्णमाथि १७ वर्षीया बालिकालाई जुकेटार आहाले गैरी भन्ने ठाउँ नजिकको जंगलमा लगि ललाइफकाइ जबरजस्ती करणी गरेको अभियोग गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। पछिल्लो समय आफन्तबाटै दुई बालिका बलात्कृत हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्