बेनी आउँदै गरेको जीप दुर्घटना : एकको मृत्यु, १० जना घाइते

काठमाडौं, कार्तिक १४ । म्याग्दीको सरमुकाम बेनी आउँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते अन्नपूर्ण गाउँपालिका, २ भुरुङकी अन्दाजी १० वर्षीया रिया विकको उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी प्रमुख डीएसपी किरण कुँवरले दिएको विवरणअनुसार दुर्घटनामा परी घाइते हुनेहरुमा रघुगंगा गाउँपालिका–६ ठाडाखानीका वसन्त छन्त्याल(३०), सोही ठाउँका जिप चालक नन्द छन्त्याल, कौसभा पाइजा(५०), ठगकुमारी शेर्रपुजा (४०), सिर्जना शेर्रपुजा (२४), दीवा शेर्रपुजा (२३), इच्छा शेर्रपुजा (७), दिक्षा शेर्रपुजा (८) र बेनी नगरपालिका, ८ बस्ने दलप्रसाद गौचन (४२) रहेका छन् ।

घाइतेहरुको बेनी अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइतेलाई पोखरा रिफर गर्ने तयारी भएको पनि प्रहरीले जनाएको छ । घटनास्थल सदरमुकाम बेनीदेखि करिब १ किलोमिटर उत्तर बेनी–बेनी जोमसोम सडकखण्डमा पर्छ । दुर्घटनाको कारण खुलेको छैन ।

बेनी–गलेश्वर सडकखण्डमा पर्ने बेनी नगरपालिका–८ जलेश्वरमा रघुगंगा गाउँपालिका–६ ढाडाखानीबाट सदरमुकाम बेनी आउँदै गरेको ग १ ज ८९६ नम्बरको जिप शुक्रबार दिउँसो १२ बजेतिर दुर्घटनामा परेको हो ।जीप सडकदेखि २५ मिटर तल कालीगण्डकी किनारमा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मिनबहादुर खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्