नेकपाको आगामी नेतृत्वका लागि नेताहरुको भागदौड सुरु, नेता नेपाललाई अघि बढ्न ओलीको आग्रह


काठमाडौं, १४ कात्तिक । प्रधानमन्त्री केपी ओलीले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीको आगामी नेतृत्व लिनका लागि तयार रहन आग्रह गरेका छन् ।

हालैका दिनमा भएका दुई छुट्टा टुट्टै भएका भेटमा ओलीले पूर्वएमालेको तर्फबाट अबको पार्टीको नेतृत्व लिन आग्रह गरेको कुरा बाहिर आएका छन् । ओली र नेपालबीच भएको भेटमा ओलीले अबको नेता तपाई नै हो यसमा मेरो पूर्ण समर्थन, साथ र सहयोग रहन्छ भनि नेता नेपाल बिश्वस्त हुन भनेको ओली निकट स्रोतले भन्यो । तथापी नेता नेपाल भने यस कुरामा अझै आश्वस्त भइनसकेको स्रोतको दावी छ । यस अगाडी भएका त्यस्ता थुप्रै सहमतीहरुमा ओलीले धोका दिएको कुरा बिश्वास गरि हाल्न नसकिने नेपाल निकटको भनाई छ । ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग सम्बन्ध बिग्रेपछि ओलीले नेपाललाई बोलाएर छलफल गरेका थिए । ओलीले नेपाललाई नेतृत्वको पटक पटक प्रस्ताव गरेका हुनु ।

मन्त्रिपरिषद् बिस्तार र कर्णाली प्रदेशको विवाद उत्कर्षमा पुगेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग खटपट परेपछि ओलीले नेपाललाई बोलाएर भेटघाट गरेका थिए । प्रधानमन्त्रीले माधव नेपालसँग केही समय छलफल गरेका गर्नु भएको थियो । दुईबीच भयावह रुपमा फैलिइ रहेको कोरोना भाइरस संक्रमण तथा पार्टीको विवादबारे सामान्य छलफल भएको वालुवाटार निकट स्रोतले भन्यो। प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसँग मंगलबार दिउँसो भेटघाट गरेका थिए । त्यसअघि दुई नेताबीच साउन ९ गते मात्रै एक्लाएक्लै कुराकानी भएको भएपनि खासै उपलब्धी भने नभएको नेपाल पक्षले जनाएको थियो। भेटका अवसरमा नेपालले दुई पार्टीको एकीकरण भएकाले एउटा पक्षलाई बाहिर राखेर पार्टी सञ्चालन गर्नुको कुनै अर्थ नभएको बताएका थिए ।

नेपाल निकट स्रोतका अनुसार दुई नेताहरुको भेटमा प्रधानमन्त्री ओलीले आफूसँग सहकार्यका लागि प्रस्ताव गरेका थिए। नेपालले सो विषयमा कुनै प्रतिक्रिया नदिएको तर पार्टी एकतालाई जोड दिएका थिए। कर्णाली प्रदेशमा देखिएको समस्याका कारण कार्यकारी अध्यक्ष दाहालसँग ओलीको सम्बन्ध विग्रिएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय ओली र दाहालबीच कर्णाली प्रदेशमा देखिएको विवाद समाधान गर्ने क्रममा दुई अध्यक्षले छुट्टा छुट्टै पत्राचार गरेर विवाद बढ्दै जाँदा संवाद समेत टुटेको थियो ।

दसैं अघिबाटै दुई अध्यक्षहरुबीच संवाद टुटेपछि बुधबार पार्टीका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ तथा विहिबार लुम्बिनी प्रदेशमा मूख्यमन्त्री शंकर पोखरेल दाहाल निवास खुमलटार पुगेर संवाद खुलाउने प्रयास गरेका थिए । प्रधानमन्त्री ओलीले गत मंगलबार कार्यकारी अध्यक्ष दाहालसँग संवादमा स्थानीय प्रदेश कमिटीलाई नै कर्णाली विवादका विषयमा निर्णय गर्ने जिम्मा दिन गरेको प्रस्ताव विपरीत अलग्गै चार वुँदे सहमति भन्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक गरेपछि उता दाहालको सचिवालयले कुनै सहमति नभएको भनेर प्रेस नोट जारी गरी विवाद ज्यूका त्यू रहेको संकेत गरेको थियो । त्यसपछि कार्तिक ५ मा प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशका मूख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पत्रचार गरे गुलाबजंग शाहमाथिको कारवाही फिर्ता गर्न निर्दैशन दिएका थिए। दाहालले पनि त्यसलाई काउण्टर दिने गरी विवाद समाधान प्रदेशबाट खोज्न कार्तिक ७ मा अर्को पत्र लेखेपछि भने दुई अध्यक्षबीच समस्या उत्पन्न भएको थियो। दुई अध्यक्षबीचको तिक्तताले पार्टी काम र सरकारी कामलाई समेत प्रभावित पारेपछि संवाद खुलाउन पार्टीकै तीन नेताहरु सक्रिए भएका हुन्। ।

तर संसदीय दलका उपनेता सुवास नेम्वाङले दुई अध्यक्षबीच संवाद नटुटेको दावी गरेका छन्। । उहाँहरुबीच कुराकानी भैरहेको छ संवाद टुटेको अवस्था होइन । बुधबार पार्टी महासचिव पौडेलले केन्द्रीय कमिटीको बैठक एक महिना पर सार्ने विषयमा छलफल गर्न खुमलटार पुगेका थिए। उनी खुमलटार जानु अघि वालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेटघाट गरी खुमलटार गएर दाहालको स्वीकृति लिएर केन्द्रीय कमिटीको बैठक एक महिना पर सार्ने सूचना जारी गर्न लगाएका थिए। त्यसक्रममा उनले दुइअध्यक्षबीचको संवाद सुचारु गर्न र पार्टी कामलाई निरन्तर रुपमा अघि बढाउन दुवै अध्यक्षलाई आग्रह गरेका थिए।

कर्णाली प्रदेशको विवाद समाधान गर्नका लागि काठमाडौ आएका नेताहरुसँग प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष दाहालले बेग्लै पार्टी सञ्चालन गर्न खोजेको आभास दिइरहेको आरोप लगाएका थिए। ‘एउटै पार्टीका नेताहरूलाई उहाँले बेग्लाबेग्लै भेट गर्नुभयो। समस्या हो, समस्या छ भने त्यसलाई सम्बोधन गर्न सामुन्नेमा राखेर छलफल गर्नुपर्छ। उहाँले त्यसो गर्नुभएन’, भन्दै दाहालले बेग्लै पार्टी सञ्चालन गरेको आभाष दिएको आरोप लगाएपछि दाहाल ओलीसँग चिढिएका थिए। दाहालले कर्णालीका नेताहरूसँग बेग्ला बेग्लै छलफल गरेका थिए। दाहालले बेग्लाबेग्लै खुमलटारमा बोलाएर भेटेको र गुटबन्दी गर्न खोजेको भन्दै ओलीले चित्त दुखाएपछि दुवै अध्यक्ष संवादबाट टाढा भएका थिए। दाहालले ओलीकै सहमतिमा उनीहरूसँग छलफल गरेको बताइए पनि ओली भने असन्तुष्ट भएका थिए।

दाहालसँग सम्बन्ध विग्रेको मौकापारी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दुई पटक भेटघाट गरेका छन्। उनीहरुबीच एक्लाएक्लै संवाद भएको छ । तर यो विषयमा नेपाल निकट नेताहरुले ओलीलाई संकट परेपछि मात्रै नेपाललाई खोज्ने गरेका दावी गरेका छन्। उनीहरुले ओलीको यस्तो बानी पुरानै भएकाले यस्ता भेटको कुनै अर्थ नहुने दावी गरेका छन्। ‘ओलीलाई संकट पर्यो भने माधव नेपाललाई बोलाएर फकाउने प्रयास गर्छन तर नेपालले उठाउँदै आएको विधि र पद्धतिलाई कार्यान्वयन गर्दैनन् । त्यसकारण यस्ता भेट भइरहन्छन्, यसको कुनै अर्थ नभएको नेपाल निकट एक स्थायी कमिटी सदस्यले भने।

प्रतिक्रिया दिनुहोस्