विवाद अन्त्यका लागि सभापति देउवाले डाके शीर्ष नेताको बैठक
काठमाडौं, कार्तिक १४ । विवाद अन्त्यका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताको बैठक बोलाएका छन् ।
सभापति देउवाले सोमबारका लागि शीर्ष नेताको बैठक बोलाएका हुन्। पार्टीभित्रको विवादमा समाधान पहिल्याउन देउवाले शीर्ष तहका नेताको बैठक डाकेका हुन्।
कोरोना संक्रमणले अवरुद्ध बैठक ठीक एक महिनापछि पुनः बोलाइएको हो। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असोज १२ मा बुझाएको विरोधपत्रका सन्दर्भमा समेत बैठकमा छलफल हुने सहमहान्त्री डा प्रकाशशरण महतले जानकारी दिए।
यता पौडेल पक्षले विभाग, क्रियाशील सदस्यता वितरण, मनोनित केन्द्रीय सदस्य, भ्रातृ संस्थाको पदावधि लगायतका विषयमा आपत्ति जनाउँदै आएको छ। सभापति देउवाले एकतर्फी गरेका निर्णय खारेज हुनुपर्ने पौडेल पक्षको माग छ। देउवापक्ष पूर्वनिर्णयबाट पछि हट्ने देखिएको छैन। सहमहामन्त्री महतले भने,‘पूर्व निर्णय फिर्ता हुँदैन। आशंका हटाउने बारे छलफल हुनसक्छ।’
केन्द्रीय समिति बैठकअघि आफ्ना माग सम्बोधन हुनुपर्ने पौडेल पक्षको भनाइ छ। असोज १२ मा बुझाइएको ज्ञापनपत्रमा सभापतिलाई निर्णय सच्याउन एक साताको समय दिइएको थियो।
असोज १७ मा बसेको शीर्ष नेताको बैठकले कुनै समाधान निकाल्न सकेको थिएन। त्यसैदिन ६ केन्द्रीय सदस्यलाई कोरोनाको पुष्टि भएपछि असोज १९ को बैठक रोकिएको थियो।शीर्ष तहका नेताको बैठक पनि अवरुद्ध भएको थियो।
कार्तिक २१ गते बोलाइएको केन्द्रीय समितिमा पेश गर्ने एजेण्डा तय गर्ने गरि समाधान निकाल्न देउवाले पुनः शीर्ष नेताको बैठक बोलाएका हुन्। पौडेल पक्षले केन्द्रीय समितिको बैठकअघि आफ्ना माग सम्वोधन हुनुपर्ने अडान लिएको छ।
देउवा इतरका नेता नवीन्द्रराज जोशीले बैठक अघि आफ्ना विवादित विषयमा समाधान खोज्नुपर्ने बताए।कार्तिक २१ गते बोलाइएको केन्द्रीय समितिमा पेश गर्ने एजेण्डा तय गर्ने गरि समाधान निकाल्न देउवाले पुनः शीर्ष नेताको बैठक बोलाएका हुन्।
प्रतिक्रिया दिनुहोस्