डा. बाबुराम भट्टराई दम्पत्तिमा पनि कोरोना संक्रमण पुष्टि

काठमाडौं , कार्तिक ८ । डा. बाबुराम भट्टराई दम्पत्तिमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीमा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण पुष्टि भएको हो । कात्तिक ७ गते स्वाब परीक्षणका लागि दिएका बाबुराम र हिसिलाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।

बाबुरामले रिपोर्ट पोजेटिभ आएपछि चिकित्सकको सल्लाह अनुसार होम आइसोलेसनमा बसेको जानकारी दिएका छन् । उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सतर्कक रहन आग्रहसमेत गरेका छन् ।

‘ बाबुरामले ट्वीटरमा लेखेका छन्- हिसिला र म दुवैलाई कोभिड-१९ को संक्रमण पुष्ट भएको छ’, ‘कात्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजेटिभ आएको हो । चिकित्सकको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौँ । केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ ।’

प्रतिक्रिया दिनुहोस्